site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लेबनानको बेरुत अस्पतालनजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु
फाइल तस्बिर ।

बेरूत, लेबनान । लेबनानको स्वास्थ्य मन्त्रालयले मंगलबार दक्षिण बेरुत अस्पतालनजिकै अघिल्लो रात भएको इजरायली हमलामा एक बच्चासहित मृत्यु हुनेको संख्या १३ पुगेको जनाएको छ ।

लेबनानको सबैभन्दा ठूलो जनस्वास्थ्य केन्द्र रफीक हरिरी अस्पताल नजिकै भएको आक्रमणमा अन्य ५७ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Argakhachi Cement Island Ad

लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले जनाएअनुसार द्वन्द्वको समयमा जनाहबाट केही मिनेट टाढा रहेको ओजाईमा पहिलोपटक आक्रमण भएको हो ।

तथापि घना जनसंख्या रहेको रफीक हरिरी अस्पताल वरपरको क्षेत्रका लागि कुनै चेतावनी जारी गरिएको थिएन ।  

लेबनानको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार इजरायल र हिजबुल्लाहबिच जारी लगभग एक महिनाको युद्धले लेबनानमा कम्तीमा एक हजार ४८९ जनाको ज्यान लिएको छ, दश लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन् । रासस/एएफपी

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्