राजनीति
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
बैठकमा समसामयिक छलफल हुने बुझिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ परेको विषयलाई लिएर तर्क वितर्क भइरहेका छन् । बैठकमा यस विषयमा छलफल हुन सक्ने नेताहरू बताउँछन् ।
हाल एमालेले सरकारको नेतृत्व गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१ ०६:२३
प्रतिक्रिया दिनुहोस्