site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संयोग : रवि लामिछानेलाई दोस्रोपटक पक्राउ गर्ने जिम्मा एसपी होविन्द्र वोगटीलाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटिएको छ ।

कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी बोकेर सीआईबीमा कार्यरत एसपी होविन्द्र बोगटीको टोली काठमाडौंको वनस्थली पुगेको हो ।

लामिछानेलाई पहिलोपटक पक्राउ गर्न पनि बोगटी नै खटिएका थिए । लामिछाने पहिलोपटक २०७६ साउनमा पक्राउ परेका थिए । त्यतिबेला पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा उनी पक्राउ परेका थिए ।

त्यो बेला बोगटी काठमाडौं प्रहरी परिसरमा डीएसपीका रूपमा कार्यरत थिए । बोगटीकै टोलीले त्यतिबेला लामिछानेलाई पक्राउ गरेर चितवन प्रहरीलाई बुझाएको थियो ।

अर्को संयोग, त्यतिबेला पक्राउ परेका लामिछानेलाई राति नै गाडीमार्फत चितवन लगिएको थियो । शालिकरामले चितवनको एक होटेलमा आत्महत्या गरेका थिए ।

यसपटक बोगटी सीआईबीको एसपीको रूपमा कार्यरत हुँदा लामिछानेलाई दोस्रोपटक पक्राउ गर्न वनस्थली पुगेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १८:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro