site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समानुपातिक निर्वाचन प्रणाली हटाउन सकिँदैन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने बताएका छन् । विद्यमान निर्वाचन प्रणालीमाथि प्रश्न उठिरहेका बेला उनले सो अभिव्यक्ति दिएका हुन् । 

मन्त्री गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाए मुलुक अर्को द्वन्द्वमा फस्ने चेतावनी समेत दिए । बुधवार रेडियो नेपालका दनुवार भाषाको समाचार तथा कार्यक्रमको शुभारम्भ गर्दै उनले मुलुकलाई अर्को द्वन्द्वमा फस्न नदिन पनि मिश्रित निर्वाचन प्रणाली अंगीकार गर्नुपरेको स्पष्ट पारे । मन्त्री गुरुङले संघीय शासन प्रणालीलाई दोष दिनेभन्दा पनि राजनीतिक पार्टीहरूले आफ्नो व्यवहार, आचरण र कार्यशैलीमा रहेको दोष औंल्याएर सुधार गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए । 

देशको राष्ट्रिय एकता र जनताको सेवाको कामलाई प्रभावकारी बनाउनका लागि संघीयता ल्याउनुपरेको स्मरण गराए । जनप्रतिनिधिहरूको निगरानी जनता आफैँले गर्नसक्ने भएकाले संघीयता मुलुकका लागि उपयुक्त प्रणाली रहेको मन्त्री गुरुङको तर्क थियो । 

उनले भने, "हामीले किन यो मिश्रित निर्वाचन प्रणाली अपनायौँ ? प्रश्नहरू उठिराखेका छन् । यो समानुपातिक हटाउनु पर्‍यो भन्छन् । तर, समानुपातिक हटायो भने हामी अर्को द्वन्द्वमा जान तयार हुनुपर्दछ । यो कुरा सबैले बुझ्नुपर्दछ ।" 

मन्त्री गुरुङले देशमा कुनै पनि प्रकारको विभेद अन्त्य गर्न, आपसी झगडा हुन नदिन पनि संघीयता ल्याउनुपरेको बताए ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro