राजनीति
काठमाडौं । पूर्वमन्त्री डम्बर श्रेष्ठको ७३ वर्षको उमेरमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित श्रेष्ठको बुधबार बिहान ३ बजे चितवनस्थित निवासमा निधन भएको हो ।
नेकपा मालेका नेता समेत रहेका श्रेष्ठको आजै अन्त्येष्टि गरिएको छ । भूमिसुधार मन्त्री हुँदा ललितानिवास जग्गा प्रकरणमा निर्णयको प्रस्ताव लगेका कारण श्रेष्ठ विशेष अदालतबाट दोषी ठहर भएका थिए ।
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१ १६:०९
प्रतिक्रिया दिनुहोस्