site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेबनानबाट शान्ति सैनिक हटाउन इजरायल र राष्ट्रसंघबीच तनाव, ८७७ नेपालीसहित शान्ति सैनिकको भविष्य के हुन्छ ?
तस्बिर : बीबीसी ।

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसन (यूनिफिल) अन्तर्गत दक्षिण लेबनानमा खटिएका शान्ति सैनिकलाई हटाउने विषयलाई लिएर राष्ट्रसंघ र इजरायलबीच तनाव बढेको छ ।
 
इजरायल र लेबनानको चरमपन्थी समूह हिजबुल्लाहबीच युद्ध सुरु भएपछि इजरायलले दक्षिण लेबनानमा रहेका शान्ति सैनिकलाई हटाउन खोजेको छ । तर, राष्ट्रसंघले भने दक्षिण लेबनानमा रहेका नेपालसहित ३४ देशका शान्ति सैनिकलाई त्यहाँबाट नहटाउने अडान लिँदै आएको छ । 

इजरायलले बारम्बार लक्षिण लेबनानबाट आफ्ना शान्ति सैनिक हटाउन राष्ट्रसंघलाई आग्रह गर्दै आएको छ । राष्ट्रसंघले पनि नहटाउने घोषणा गरेको छ । शान्ति सैनिक हटाउने विषयले पछिल्ला दिनमा इजरायल र राष्ट्रसंघबीच तनाब बढ्दै गएको छ । 

राष्ट्रसंघको शान्ति स्थापनार्थ अप्रेसनका प्रमुख ज्याँ पियरे लोक्रोइक्सले अमेरिकाको न्यूयोर्कमा पत्रकारहरूसँग दक्षिण लेबनानमा यूनिफिलअन्तर्गत खटिएका शान्ति सैनिकलाई नहटाउने घोषणा गरेका हुन् । यो घोषणाप्रति संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् र यूनिफिल मिसनलाई आर्थिक सहयोग गर्ने देशहरूको पूर्ण समर्थन रहेको दाबी समेत उनले गरेका छन् । 
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार कडा शब्दमा दक्षिण लेबनानबाट शान्ति सैनिक हटाउन संयुक्त राष्ट्रसंघलाई भनेका थिए । हिजबुल्लाह लडाकुहरूका लागि शान्ति सैनिकले ढालको काम गरिरहेको आरोप उनले लगाएका थिए । 

गत साता इजरायलले लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण गर्दा यूनिफिलको कार्यालयलाई पनि निशाना बनाएको थियो । इजरायलले मध्य बेरुतमा आक्रमण गर्दा २२ जनाको मृत्यु भएको थियो । 

इजरायलले बारम्बार शान्ति सैनिक रहेको स्थानमा पटकपटक आक्रमण गरेको आरोप संयुक्त राष्ट्रसंघले लगाउँदै आएको छ । 

सन् १९७८ देखि यूनिफिल मिसन दक्षिण लेबनानमा रहेको छ । यो मिसन लेबनान र इजरायलबीचको सम्भावित युद्ध रोक्न र दक्षिण लेबनानमा मानवीय सहायता पुर्याउने उद्धेश्यले स्थापना गरिएको थियो । 

हाल यूनिफिलअन्तर्गत ८७७ जना नेपाली सेना दक्षिण लेबनानमा शान्ति सैनिकको रूपमा खटिएका छन् । नेपाली सैनिकसहित ३४ देशका शान्ति सैनिकहरू अहिले दक्षिण लेबनानमा रहेका छन् । 

इजरायलसँग युद्ध लडिरहेको लेबनानको चरमपन्थी समूह हिजबुल्लाहको सबैभन्दा बढी प्रभाव दक्षिण लेबनानमा रहेको छ । दक्षिण लेबनान इजरायलसँग सीमा जोडिएको लेबनानको भूमि हो । 

इजरायलले पटकपटक शान्ति सैनिक हटाउन आग्रह गर्दै आएको । पछिल्ला दिनमा शान्ति मिसनमाथि नै आक्रमण गरेपछि त्यहाँ खटिएका शान्ति सैनिकको भविष्यलाई लिएर अनेक अड्कलवाजी भैरहेको थियो । 

यसैबीच, राष्ट्रसंघको शान्ति स्थापनार्थ अप्रेसनका प्रमुख ज्याँ पियरे लोक्रोइक्सले दक्षिण लेबनानमा खटिएका शान्ति सैनिकलाई त्यहाँबाट नहटाइने घोषणा गरेका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro