site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा तीन विमान र एउटा रेलमा बम राखिएको सूचना

काठमाडौं । भारतको मुम्बईबाट उडान भर्ने तीन विमानमा बम राखिएको सूचना प्राप्त भएको जनाइएको छ । बम राखिएको भनिएको एउटा विमान मुम्बईबाट अमेरिकाको न्युयोर्कतर्फ गइरहेको एयर इन्डियाको हो ।

बम राखिएको सूचनापछि उक्त विमानलाई दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गराइएको छ । विमान २३९ यात्री सवार छन् ।

यस्तै, मुम्बईबाट ओमानको मस्कट र साउदी अरेबियाको जेद्दाह जान लागेको इन्डिगो कम्पनीका दुई विमानमा बम राखिएको सूचना प्राप्त भएको छ । बम राखिएको हल्लापछि विमानको उडान रद्द गरिएको छ । ती विमानको जाँच भइरहेको हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ ।

मुम्बई–हावडा मेल नामक रेलमा पनि बम राखिएको सूचना प्राप्त भएको थियो । तर, जाँचपछि उक्त रेलमा बम नभएको पत्ता लागेको छ ।

गएका पाँच दिनमा विमानमा बम राखिएको यो दोस्रो सूचना हो । अक्टोबर ९ मा लन्डनबाट दिल्लीका निम्ति उडेको विस्तारा कम्पनीको विमानमा पनि बम राखिएको हल्ला चलेको थियो । त्यसअघि, अगस्ट २१, जुन ३, जुन २ र जुन १ जुनमा पनि यस्तै सूचना प्राप्त भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro