site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली आक्रमणबाट लेबनानी मस्जिद ‘पूर्ण रूपमा ध्वस्त’
तस्बिर : एएफपी ।

बेरुत (लेबनान) । लेबनानको युद्धग्रस्त दक्षिणी क्षेत्रस्थित मस्जिद इजरायली हवाई आक्रमणबाट ध्वस्त भएको त्यहाँको आधिकारिक मिडियाले आइतबार जनाएको छ । पछिल्लो समयमा इजरायलले आक्रमण अभियानलाई तीव्र बनाएको छ ।

स्थानीय समयानुसार आइतबार बिहान ३ः४५ बजे इजरायली लडाकु विमानले कफर टिबनिट गाउँको केन्द्रस्थित उक्त मस्जिदलाई लक्षित गरी हवाई आक्रमण गरेर पूर्ण रूपमा नष्ट गरेको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

कफर टिबनिटका मेयर फुआद यासिनले द्विदेशीय सीमाबाट करिब आठ किलोमिटर टाढा रहेको उक्त गाउँका मानिसले मस्जिदको विनाशसँगै एकताको केन्द्र गुमाएको बताएका छन् । उनका अनुसार, १०० वर्ष पुरानो उक्त मस्जिद एउटा महत्त्वपूर्ण ठाउँ थियो, जहाँ मानिस विशेष अवसरहरूमा भेला भई पूजापाठ गर्ने गर्थे ।

गाजा युद्धलाई लिएर इजरायल र हिजबुल्लाहबीच सीमापार आक्रमणकोे एक वर्षको समय पूर्ण द्वन्द्वमा परिणत भएको छ ।

लेबनानका अधिकारीहरूका अनुसार, इजरायलको निरन्तरको आक्रमणबाट लेबनानमा एक हजार २६० भन्दा बढी मानिसको मृत्यु भएको छ । साथै, १० लाखभन्दा बढी मानिस विस्थापित भएका अधिकारीहरूले बताएका छन् । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro