site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभा भलिबलमा नेपाल उपविजेता
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । श्रीलंकाको कोलम्बोमा शनिबार भएको फाइनलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो ।

खेलको पहिलो सेट नेपालले २७–२५ ले जितेको थियो । नेपालले त्यसपछिका लगातार तीन सेट गुमाउन पुग्यो । खेलको दोस्रो सेट २५–१०, तेस्रो २५–१६ र चौथो तथा अन्तिम  सेटमा नेपाल २५–२० ले पराजित भयो ।

समूह चरणको अन्तिम खेलमा नेपालले तुर्केमेनिस्तानलाई हराउँदै फाइनमा उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो । यस्तै, नेपालले समूह चरणमा श्रीलंका, तुर्केमेनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने कीर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो ।

श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, तुर्केमेनिस्तान, माल्दिभ्स, कीर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए । प्रतियोगिता यही असोज २० गतेदेखि सञ्चालन भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  २१:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro