site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पती
Tiktok banner adTiktok banner ad

नवलपुर (नवलपरासी) । बडादसैँको टीकाको दिन । गाउँलेहरू हर्षोल्लासका साथ दसैँ मनाइरहेका बेला नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका–३, ब्रह्मस्थानस्थित बोटेटोलका गुरुङ दम्पतीका दिन भने आँगन तेर्सो आउने बाटो हेर्दै बितिरहेको छ ।

स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गएको साउन २३ गते साँझ घरबाट निस्किएपछि हालसम्म फर्किएका छैनन् । छोरा बेपत्ता भएपछि गुरुङ दम्पतीको घर सुनसान छ ।

विगत तीन वर्षदेखि मिर्गौलाको डायलासिस गराइरहेकी उत्तमकी ५० वर्षीया आमा राजकुमारी छोराको चिन्ताले झनै थलिएकी छन् । “घरबाट केही नभनी निस्किएको छोराको अवस्था थाहा छैन,” गहभरि आँसु पार्दै राजकुमारीले भनिन्, “कहाँ गएको हो – आफन्त, गाउँलेहरू मिलेर धेरै ठाउँमा खोज्नुभयो । तर, छोराको बारेमा केही थाहा पाउन सकिएन ।”

जेठा छोरा बेपत्ता भएपछि दसैँ खल्लो भएको छ । दसैँ मनाउने उत्साह नभएको उनले बताइन् । “हिँड्ने बेलामा मोबाइल यहीँ छोडेर हिँडेको रै’छ,” उनले भनिन्, “गाउँमा कतै गयो होला भनेर सोचेका थियौँ । एक दिन, दुई दिन गर्दै यत्रो दिन बित्यो, छोरा घर फर्किएन ।” छोरा जहाँ जस्तोसुकै अवस्थामा भए पनि चाँडो घर फर्कन उनले बिन्ती गरिन् ।

उत्तमका ५८ वर्षीय बाबु नन्दे गुरुङलाई पनि छोराले किन घर छाडेर हिँड्यो भन्ने थाहा छैन । “हामी बाउछोरा भएर तरकारी खेती, कुखुरापालन तथा बाख्रा व्यावसायिक रूपमा पाल्दै आएका थियौँ,” उनले भने, “दिनभरि सँगै काम गरेका थियौँ, त्यस्तो नराम्रो केही भएको पनि थिएन, बेलुकी घरबाट बाहिर निस्केको छोरा अझै फर्किएन ।”

छोराको खोजी गर्न धेरै ठाउँ पुगेको र प्रहरी, संघसंस्थासँग गुहार माग्दा समेत नभेटिएको गुरुङको भनाइ छ ।

नन्देका बाबुछोरा नै वैदेशिक रोजगारीका क्रममा पाँच वर्ष दुबईमा बसेर स्वदेश फर्किएका थिए । त्यसपछि व्यावसायिक पशुपालन गर्दै आएका थिए । पत्नी बिरामी भएपछि वैदेशिक रोजगारी छोडेर दुवैजना फर्किएका थिए ।

“घरको हरेक कामकाजमा सघाउँदै आएको जेठो छोरो बेपत्ता भएपछि कुन खुसीले दसैँ मनाउनु खै,” मलिन मुद्रामा नन्देले भने, “अझै पनि छोरा आउँछ कि भनेर बाटो हेर्दैमा दिनरात कटाउने गरेका छौँ ।”

छोरा घर फर्किएमा सबै खुसी फिर्ता आउने र चाडपर्व रमाइलो हुने आशा गुरुङ दम्पतीको मनमा अझै छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro