site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छिन्नमस्ता र कंकालिनी मन्दिरमा हेलिकोप्टरबाट पुष्पवृष्टि

राजविराज । बडादसैँको अवसरमा सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा शुक्रबार पुष्पवृष्टि गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट छिन्नमस्ता गाउँपालिका–३, सखडास्थित उक्त मन्दिरमा पुष्पवृष्टि गरिएको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

पहिलोपटक छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकोप्टरमार्फत पुष्पवृष्टि गरिएको उनले बताए । “धार्मिक आस्था र मातृशक्तिप्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भुत शक्तिको सम्मानस्वरूप पहिलोपटक हामीले अष्टमीको दिने पुष्पवृष्टि गर्दा यहाँका भक्तजन र यस क्षेत्रका स्थानीयवासी खुसी भएका छन्,” अध्यक्ष चौधरीले भने ।

Dabur Nepal
NIC Asia

राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा अवस्थित छिन्नमस्ता मुलुकका प्रमुख ५१ शक्तिपीठमध्ये एक मानिन्छ । यो मन्दिरमा बडादसैँमा मेला समेत लाग्ने गरेको मन्दिरको पीठाधीश महानन्द ठाकुरले बताए । उनका अनुसार, यो मन्दिरमा भाकल पूरा भएपछि लड्डु र बोका चढाउने परम्परा छ ।

यस्तै, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१, भारदहस्थित कंकालिनी मन्दिर समेतमा शुक्रबारै नेपाली सेनाको हेलिकोप्टरमार्फत पृष्पवृष्टि गरिएको छ । विगत दुई वर्षदेखि बडादसैँको महानवमीका दिन यहाँ हेलिकोप्टरमार्फत पृष्पवृष्टि गराउन थालिएको हो ।

कंकालिनी मन्दिरमा दसैँको नवमी तिथिका दिन राँगो बलि दिने चलन छ । हालसम्म ६२१ राँगा यहाँ बलि दिइएको मन्दिर विकास समितिले जनाएको छ । यहाँ पनि आज ठूलो मेला लागेको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro