site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलविरुद्ध फ्रान्सको फराकिलो जित, इटाली र बेल्जियम रोकिए

काठमाडौं । यूईएफए नेसन्स लिगमा फ्रान्सले इजरायलविरुद्ध ४–१ को सहज जित निकालेको छ । 

बिहीबार राति बोज्सिक एरिनामा भएको खेलमा फ्रान्सलाई जित दिलाउन एडुर्ड कामाभिंगा, क्रिस्टोफर एन्कुकु, माटेओ गन्डोउजी र ब्राड्ली बार्कोलाले समान एक गोल गरे । इजरायलका ओम्री गान्डेलमान एक गोल फर्काए । 

खेलको सातौँ मिनेटमा कामाभिंगाको गोलमा फ्रान्सले अग्रता बनाएको थियो । तर, २४औँ मिनेटमा गान्डेलमानले गोल गर्दै इजरायललाई खेलमा फर्काएका थिए । २८औँमिनेटमा एन्कुकुले गोल गरेपछि फ्रान्सले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । 

८७औँ मिनेटमा गुन्डोउजी र त्यसको दुई मिनेटपछि बार्कोलाले गोल गरेसँगै फ्रान्सले ४–१ को जित पक्का गरेको हो ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको फ्रान्स लिग ‘ए’ अन्तर्गत समूह–बी को दोस्रो स्थानमा उक्लिएको छ । तीन खेल खेल्दा पनि अंकविहीन इजरायल तालिकाको पुछारमा छ । 

यसै समूहमा बिहीबार नै इटाली र बेल्जियमले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

समूहमा तीन खेलबाट सात अंक जोडेको इटाली तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट चार अंक जोडेको बेल्जियम तालिकाको तेस्रो स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ०७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro