site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने

रासस/एएफपी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीच वर्षौंदेखि जारी राजनीतिक विवाद अन्त्य भएको घोषणा गरेका छन् । उनले चीनले अस्ट्रेलियाली लबस्टर (झिङ्गे माछा)को आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउने बताएका छन् । 

लाओसमा चिनियाँ प्रधानमन्त्री ली कियाङसँगको भेटपछि अल्बानिजले भने, “यस वर्षको अन्त्यसम्ममा लबस्टरको व्यापार पूर्णरूपमा पुनः सुरु गर्ने समयतालिकामा दुवै पक्ष सहमत भएका छन् ।”

सन् २०१७ यता बेइजिङले वाइन, लबस्टर र काठलगायतकरिब १५ अर्ब अमेरिकी डलर बराबरको अष्ट्रेलियन निर्यातमा कर लगाएको छ ।

वार्षिक करिब आधा अर्ब अमेरिकी डलर बराबरको लबस्टर व्यापार चिनियाँ प्रतिबन्धबाट प्रभावित भएको अस्ट्रेलियाको केही प्रमुख निर्यातमध्ये एक हो । सम्बन्ध सुधारका लागि वर्षौंको प्रयासपछि लबस्टरको आकर्षक व्यापारमाथिको प्रतिबन्ध हटाउन चीन तयार भएको हो । 

चीनले दण्डात्मक करको लहर राजनीतिबाट प्रेरित भएको अस्वीकार गरेको छ ।

तर, हुवावेलाई अष्ट्रेलियाको फाइभजी नेटवर्क चलाउनबाट रोक्ने निर्णय र क्यानबेराले कोभिड–१९ महामारीको उत्पत्तिको अनुसन्धानको लागि कडा आह्वान गरेसँगै यी उपायहरू चालिएको थियो ।

बेइजिङले युरोप र संयुक्त राज्य अमेरिकासँग गहिरो व्यापार युद्धको सामना गरिरहेको छ । अमेरिकाले चीनको विद्युतीय वाहन निर्यात, सेमीकन्डक्टर, सौर्य प्यानल र अन्य सामानहरूको दायरामा दण्डात्मक कर लगाएको छ ।

सन् २०२५ को सुरुमा पुनः निर्वाचन हुने अपेक्षा गरेका अल्बानिजका लागि बिहीबारको घोषणा महत्वपूर्ण राजनीतिक जित हो ।

मध्यवामपन्थी नेताले आफ्नो दुई वर्षभन्दा बढी कार्यकालको अधिकांश समय अधिकार र विधिको शासनका विषयमा अझै नसुल्झिएको राजनीतिक मतभेदबाट बेइजिङसँगको महत्वपूर्ण व्यापारिक सम्बन्धलाई अलग्याउने प्रयासमा बिताउनुपरेको छ । 

यो अस्ट्रेलियाको लबस्टर निर्यातकहरूका लागि पनि एक जीत हो । अल्बानिजले चिनियाँ नयाँ वर्षको समयमा नै प्रतिबन्ध हटाइने बताएका थिए । चीनमा लबस्टरजस्ता विलासिताका सामानहरूको माग अत्यधिक छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro