site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मेलम्चीको पानी नउमाली पिउनयोग्य भएको दाबी, पाँच करोड लिटर वाग्मतीमा 

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण सुरु भएको छ । मेलम्ची खानेपानी विकास समितिले मंगलबारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरेको हो । 

न्युज एजेन्सी नेपालसँग मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई.रत्नप्रसाद लामिछानेले हाल काठमाडौं उपत्यकामा मेलम्ची खोलबाट दैनिक २२ करोड लिटर पानी ल्याइएको जानकारी दिए । 

अघिल्लो वर्षभन्दा यो वर्ष मेलम्चीको पानी छिटो काठमाडाैंमा आएको छ । पानी पठाउने संरचनामा निरन्तर अनुगमन गरेर क्षतिबाट बचाएकाले समयमै पानी काठमाडाैंमा पठाउन सकिएको प्रमुख लामिछानेले जानकारी दिए । उनले उपत्यकामा हिजोबाट दैनिक १७ करोड लिटर पानी प्रशोधन गरेर वितरण भइरहेको बताए । 

उनले पाँच करोड लिटर पानी भने वाग्मती नदीमा पठाइएको बताए । “मेलम्ची खोलामा अहिले प्रशस्त पानी छ । करिव ४० करोडदेखि ५० करोड लिटर पानी खोलामा छ । तर हामीले सबै पानी डाइभर्ट गरेका छैनौँ । अहिले हामीले २५ करोड लिटर पानी डाइभर्ट गरेका छौँ,” उनले भने, “काठमाडौंमा करिब २२ करोड लिटर पानी आइपुगेको छ । तर हाम्रो पानी प्रशोधन केन्द्रको क्षमता भनेको १७ करोड लिटर मात्रै छ । बढीमा हामी १८ करोड लिटर पानी प्रशोधन गर्नसक्छौँ । बाँकी रहेको पानी वाग्मती नदीमा छोडिरहेको छौँ ।”

उनले वाग्मतीमा दिनको करिब पाँच करोड लिटर पानी मेलम्ची नदीबाट थपिएको बताए । वाग्मतीमा अहिले करिब नौ करोड लिटर पानी थप भएको छ । 

कार्यकारी निर्देशक लामिछानेले मेलम्चीबाट आएको पानी पिउनयोग्य भएको बताए । उनले मेलम्चीबाट सुन्दरीजल ल्याइएको पानी चार तहसम्म प्रशोधन गरेर वितरण गरिने बताए ।  यद्यपि, पुरानो लाइनबाट गएको पानी भने पाइपहरूको टुटफुटका कारण प्रदूषित हुनसक्ने उनको भनाइ छ । मेलम्ची आयोजनाको नयाँ लाइनबाट आएको पानी भने नउमालिकन पिउन सकिने गुणस्तरमा रहेको उनको दाबी छ । 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro