site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक : प्रधानमन्त्री

काठमाडौं । गैह्रआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले बाढीपहिरोपीडितका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघका अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुनेगरी हस्तान्तरण गरेको हो । अध्यक्ष डा. केसीले हालैको बाढीपहिरो र डुुबानको खबरले आफूहरू दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा एक करोड बराबरको राहत उपलब्ध गराउने कार्य भइरहेको जानकारी गराए ।

Dabur Nepal
NIC Asia

उनले ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको गुनासो गरे ।

प्रधानमन्त्री ओलीले विपद्का समयमा मानवीय सहयोग गरेकौमा संघलाई धन्यवाद दिँदै एकपटकको नेपाली सधैँको हुने भए पनि विदेशको नागरिकता लिएपछि नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न नमिल्ने स्पष्ट पारे । उनले दोहोरो नागरिकता समस्याको समाधानका लागि गम्भीर छलफल आवश्यक पर्ने बताए । संघको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैह्रआवासीय नेपालीको भूमिकाका लागि आफू लागेको उल्लेख गर्दै कामका लागि विदेश गएकालाई एनआरएनएको परिभाषामा नराख्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले संघलाई राजनीतिक आधारमा नभइ सबै गैह्रआवासीय नेपालीको साझा संस्थाका रूपमा अघि बढाउन सुझाव दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro