site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दसैँ बिदाअघिको कारोबार दिन ४.८५ अंकले बढ्यो नेप्से

काठमाडौं । दसैँ बिदाअघिको कारोबार दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४.८५ अंकले बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ०.१८ प्रतिशतले वृद्धि भएर २६६८.१७ विन्दुमा बन्द भएको हो ।

आज दसैँ बिदाको अघिल्लो कारोबार दिन हो । अब सेयर कारोबार असोज २९ गते मंगलबार मात्र खुल्नेछ ।

यसदिन तीन अर्ब ७६ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १३० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १०२ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज मिड सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले वृद्धि भएको छ । थ्रीस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । सर्वाधिक परिसूचक वृद्धि उत्पादन तथा प्रशोधन समूहको भएको छ । यो समूहको परिसूचक १.०८ प्रतिशतले वृद्धि भएको छ ।

परिसूचक घट्नेमा जीवन बिमा, लगानी, विकास बैंक र व्यापार समूह छन् । व्यापार समूहको ०.६५ प्रतिशत, विकास बैंक समूहको ०.३८ प्रतिशत, लगानी समूहको ०.२२ प्रतिशत र जीवन बिमा समूहको परिसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro