site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा विधानसभा चुनाव : हरियाणामा भाजपाको जित

काठमाडौं । हरियाणा राज्यको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले लगातार तेस्रोपटक जित हात पारेको छ । ९० सिटको विधानसभाका लागि भएको निर्वाचनमा भारतीय जनता पार्टीले ४८ सिटमा जित हात पारेको छ । भारतीय कांग्रेसले ३७ सिटमा जित हात पारेको छ ।

जम्मु कश्मिरमा करिब एक दशकपछि भएको विधानसभा चुनावमा नेशनल कन्फ्रेन्स दलले ४२ सिटमा जित हात पारेको छ । उसको गठबन्धन सहयोगी भारतीय कांग्रेस ६ सिटमा समेटिएको छ । नेशनल कन्फ्रेन्स र कांग्रेस गठबन्धनले ९० सिटको विधानसभामा कुल ४८ सिट जितेका छन् । यससँगै यो गठबन्धनले सकार बनाउन पाउने स्पष्ट बहुमत हासिल गरेको छ ।

दशक अगाडिको चुनावमा जम्मु कश्मिरमा सबैभन्दा ठूलो पार्टी बनेको पिपुल्स डेमोक्रेटिक पार्टी भने यसपटक तीन सिटमा समेटिएको छ । यससँगै भारतको सत्तारूढ दल भारतीय जनता पार्टीले २९ सिट ल्याएको छ । अघिल्लो चुनावमा भारतीय जनता पार्टीले ३० सिट जितेको थियो ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  २२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro