site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन दिनको वर्षाले कुन क्षेत्रमा कति गर्‍यो क्षति ? 

काठमाडौं । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानले गरेको क्षतिको विवरण आउनेक्रम जारी छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीन दिन परेको अविरल वर्षाले हालसम्म २३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

मृत्यु हुनेमा ११४ पुरुष, ९० महिला र ३२ जना बालबालिका छन् ।  बाढी र पहिरोका घटनामा तीनजना विदेशी नागरिकको पनि मृत्यु भएको प्राधिकरणले जनाएको छ । मृत्यु हुने विदेशीमा दुईजना दक्षिण कोरिया र एक अमेरिकी नागरिक छन् ।
 
प्राधिकरणका तथ्याङ्क अनुसार तीन दिनको बाढी र पहिरोका घटनामा परी १९ जना बेपत्ता छन् । १६५ जना घाइते भएका थिए ।

प्राधिकरणले संकलन विवरणअनसार बाढी, पहिरो र डुबानका घटनामा उद्धारका लागि ३० हजार ७३१ सुरक्षाकर्मी खटिएका थिए । घटनास्थलबाट हालसम्म १७ हजारलाई उद्धार गरिएको विवरण प्राप्त भएको थियो । जसमध्ये ९१० जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।
 
बाढी, पहिरो र डुबानबाट देशभर ४ हजार ६६७ वटा घरमा पूर्ण क्षति भएको छ । ५ हजार ३१० वटा घरमा आंशिक क्षति गरेको प्राधिकरणले जनाएको छ । देशभर १० हजार ८०७ घरपरिवार विस्थापित भएका छन् । १६ हजार २४३ परिवार प्रभावित भएका छन् । बाढी र पहिरोले ९६ वटा विद्यालय र ६६ वटा स्वास्थ्य सेवासँग सम्बन्धित भवनमा क्षति गरेको छ ।

भौतिक पूर्वाधारमा ठूलो क्षति गरेको प्राधिकरणको रिपोर्टमा देखिन्छ । बाढी र पहिरोका कारण ५२० भन्दा बढी खानेपानी आयोजना प्रभावित भएका छन्, जसबाट ३.५ अर्ब रुपैयाँ नोक्सानी भएको छ ।
 
६२५.९६ मेघावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनामा असर गरेको छ । बाढी तथा पहिरोले जलविद्युत् क्षेत्रमा ३ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।
 
यस्तै, ६ वटा सिँचाई परियोजनामा बाढी तथा पहिरोले क्षति पुर्याउँदा १.३५ अर्ब रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ । बाढी, पहिरो र डुबानले १० वटा राजमार्गको २४ वटा सेक्सन अवरुद्ध भएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।
 
बाढी तथा पहिरोले ४४ वटा विभिन्न प्रकारका पुलमा क्षति गरेको छ । २५ वटा पुल पूर्ण रुपमा क्षति र १९ वटा पुलमा आंशिक क्षति गरको प्राधिकरणले जनाएको छ । ती पुल भत्किदा १.०४ अर्ब रुपैयाँ आर्थिक क्षति भएको छ ।

बाढी र पहिरोले दूरसञ्चार क्षेत्रमा (नेपाल टेलिकम र एनसेल) २३ करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । इन्टरनेट सेवा प्रदायकको ०.३१ अर्ब रुपैयाँ बाढी तथा पहिरोले क्षति गरेको छ ।
 
प्राधिकरणको प्रारम्भिक रिपोर्ट अनुसार बाढी, पहिरो र डुबानले ८८ हजार ४७६ हेक्टरमा रहेको धानवालीमा असर गर्दा ३.५ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

माछापालनमा समेत असर गरेको छ । ४५८ हेक्टरमा रहेको माछा पोखरीहरू बगाउँदा तथा डुबाउँदा १.१३ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ । 

बाढी तथा पहिरोले ४ हजार ७६५ हेक्टर जमिनमा रहेको फलफूल र तरकारी खेतीमा क्षति गरेको छ । बाढीले ८५ हेक्टरमा रहेको उखुखेतीमा असर गर्दा ०.३४ अर्ब आर्थिक नोक्सानी भएको छ । बाढी तथा पहिरोले अलैंची तथा सुकमेल खेतीमा ०.७ अर्ब रुपैयाँ बराबरको क्षति गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro