देश
काठमाडौं । बाढीपहिराेमा परी २३३ जनाको मृत्यु भएको छ । २२ जना बेपत्ता छन् । १६९ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।
सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको उनले बताए ।
अवरुद्ध राजमार्ग मर्मत गरी यातायातका साधन सञ्चालन गर्न प्रयास भइरहेको प्रवक्ता तिवारीको भनाइ छ । रासस
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१ ०८:३९
प्रतिक्रिया दिनुहोस्