site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाल बारका अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दा फिर्ताकाे तयारी

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दा फिर्ता हुने भएको छ । बार अध्यक्षको अभिव्यक्तिले अदालतको अवहेलना भएको प्रतिवेदन तयार पारेर सर्वोच्चमा दर्ता गरेका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले प्रतिवेदन फिर्ता लिने भएका हुन् । 

उनले आफू जीवनभर प्रजातन्त्रका लागि लडेको आफ्ना पिताले पनि यसकै लडाइमा जीवन गुजारेको भन्दै प्रतिवेदन दर्तापछि निदाउँन नसकेको उल्लेख गरेका छन् । उनले नेपाल बार एशोसिएशन प्रजातन्त्रको हिमायति संस्था भएको पनि उल्लेख गरेका छन् । 

“म हिजोदेखि निदाउँन सकेको छैन । जीवनभर प्रजातन्त्रको पछि लागियो । बा सँधै यसकै लडाईं लड्नु भयो,” घिमिरेले लेखेका छन्, “बार जनताको आवाज हो । लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु ।” 

उनले अदालत खुला भएपछि औपचारिक निवेदन दिने भन्दै आफू कसैको प्यादा भएर काम नगर्ने पनि उल्लेख गरेका छन् । 

“अदालत खुला हुँदा आफ्ना भनाइसहित औपचारिक निवेदन दिनेछु,” घिमिरेले भनेका छन्, “म कसैको प्यादा बन्न चाहिनँ ।”

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro