site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
बार–बेन्च विवादको प्रश्नले प्रस्तावित प्रधानन्यायाधीशलाई पनि छाडेन
SkywellSkywell

काठमाडौंबार–बेन्च विवादको विषयले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई संसदीय सुनुवाइमा पनि पच्छ्याएको छ । राउतको सुनुवाइका क्रममा सांसदहरूले बार–बेन्च विवाद, नेपाल बार एसोसिएसनका अध्यक्षमाथिको अवहेलना मुद्दा र अभिव्यक्ति स्वतन्त्रताबारे प्रश्न उठाएका छन् ।

सांसदहरूले न्याय परिषद् नियमावलीको संशोधन 'संविधान अनुकूल छ वा विपरीत ?' र शंशोधन'संघीय संसद्ले प्रदान गरेको प्रत्यायोजित व्यवस्थापनको सीमाभित्र छ कि छैन ?' भनेर पनि प्रश्न उठाएका थिए ।

०८० सालमा न्याय परिषद्ले सर्वोच्चको मुख्य रजिस्ट्रार उच्च अदालतको न्यायाधीश सिफारिस हुँदा मुख्यन्यायाधीश पछिको वरीयतामा हुने गरी न्याय परिषद् नियमावली संशोधन भएपछि नेपाल बारले विरोध गर्दै आएको छ । नियमावलीको संशोधनले संविधान नै संशोधन भएको नेपाल बारको तर्क छ । आफ्नो मागलाई न्याय परिषद्ले सम्बोधन नगरेपछि नेपाल बारले न्याय परिषद्‌विरुद्धप्रर्दशनसमेत गर्दै आएको छ ।

KFC Island Ad
NIC Asia

Prakashman_Singh-raut-1727860931.JPG
तर, बाहिर बारको घेराउ र नाराबाजी जारी रहँदा यही असोज ११ गते न्याय परिषद्ले सर्वोच्चका दुई न्यायाधीश नियुक्त गरेको थियो । त्यसबाहेक प्रधानन्यायाधीशका लागि नयाँ व्यक्ति प्रस्तावित भइसकेको अवस्था र इजलास बस्न छाडिसकेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जाँदाजाँदै न्यायाधीश नियुक्त गर्दा स्वार्थ हाबी हुने भन्दै बारले नियुक्ति नगर्न माग पनि थपेको थियो । तर, बारको विरोधकै बाबजुद न्यायाधीश नियुक्त भएपछि त्यसैदिन बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले आक्रोश पोखेका थिए ।

सर्वोच्च प्रशासनले अध्यक्ष घिमिरेको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबीसहित उनीविरुद्ध कारबाही प्रतिवेदन तयार पारेर दर्ता गराएको छ । सर्वोच्चले प्रतिवेदन अघि बढाउन खोजेपछि न्याय परिषद्–बार विवाद बार–बेन्च विवादमा परिणत भएको छ । यसैमा आधारित भएर सांसदहरूले प्रश्न राखेका थिए ।

“नेपाल बार एसोसिएसनका अध्यक्षमाथि अदालतको अवहेलना मुद्दा दर्ता गरिएको छ,” सुनुवाइ समितिकी सदस्य तथा नेकपा (एमाले)की सांसद सुनिता बरालको प्रश्न थियो, “यो अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हो कि होइन ? तपाईंले कसरी समाधान गर्नुहुन्छ ?”

उनले प्रधानन्यायाधीश इजलास बस्न छोडिसकेपछि जाँदाजाँदै निर्णय गर्नु असंवैधानिक हो कि होइन भनेर पनि राखेकी थिइन् ।

एमालेकै सांसद ईश्वरी घर्तीले त जुनसुकै विषयमा सर्वोच्चमा अवहेलना मुद्दा लाग्ने गरेको बताउँदै आफूलाई प्रश्न सोधेबापत अवहेलना मुद्दा नलगाउन भन्दै व्यंग्य गरिन् । उनले बार–बेन्च विवादले अदालतलाई फाइदा गर्छ कि घाटा भनेर प्रश्न गरेकी थिइन् ।

“सरकारवादी मुद्दा किन कमजोर हुन्छन् ? सरकारवादी मुद्दा ढिला गरेर सरकारकै विरुद्ध फैसला किन हुने गर्छ ?,” घर्तीले प्रश्न गरिन्, “यति भन्दा मानहानि मुद्दा नलगाइयोस् । किनभने मानहानिलाई अहिले सस्तो बनाइएको छ ।”

जसपा नेपालका सांसद प्रकाश अधिकारीले भने बार र बेन्चबीच तालमेल किन भइरहेको छैन भन्दै प्रश्न राखेका थिए ।

prakashman-sing-raut-(6)-1727866325.jpg
“समन्वय गरेर परिणाम दिँदा न्यायालयको गरिमा बढ्ने हो,” अधिकारीले भने, “तर, हरेक प्रधान्यायाधीशको समयमा किन समन्वय हुन सक्दैन ? बार र बेन्चबीच विवाद किन भइरहेको छ ?”

नेपाली कांग्रेसका प्रमुख सचेतकसमेत रहेका समिति सदस्य श्यामकुमार घिमिरेले बार र बेन्चबीच अहिले जारी विवाद के हो भनेर प्रश्न सोधेका थिए । न्याय परिषद् नियमावली र बारका अध्यक्षलाई अदालतको अवहेलना मुद्दामा अघिल्ला सांसदहरूका भनाइको स्वामित्व लिएका सांसद घिमिरेले विवादको जड के हो भन्दै प्रश्न सोधेका थिए ।

“न्यायाधीश नियुक्तिसम्बन्धी विषयमा बार–बेन्चको विवाद के हो ?,” प्रस्तावित प्रधानन्यायाधीश राउतलाई घिमिरेको प्रश्न थियो ।

नेकपा (माओवादी केन्द्र)का उपहासचिवसमेत रहेका समितिका सदस्य जनार्दन शर्माले पनि बार–बेन्च समन्वयन हुन नसक्नुको कारण सोधेका थिए । उनले पहुँचका आधारमा न्याय परिषद् नियमावलीको संशोधन संवैधानिक हो वा होइन भनेर जवाफ माग्दै विवादले न्यायालयलाई बलियो पार्छ वा पार्दैन भनेर प्रश्न गरेका थिए ।

“बारका तर्फबाट संविधानविपरीत छ भनेर प्रश्न उठाइएको छ । उहाँहरूले नबुझले प्रश्न उठाउनुभएको हो भनौँ भने वरिष्ठ अधिवक्ताहरू हुनुहुन्छ,” शर्माले भनेका थिए, “वास्तवमा त्यो संवैधानिक हो कि होइन ? यहाँबाट यसको जवाफ चाहन्छु ।”

सबै प्रश्नको जवाफ प्रस्तावित प्रधानन्यायाधीश राउतले भने छोटकरीमा टुंग्याइदिएका थिए । उनले बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा ‘सबजुडिस’ हुने भन्दै बोल्न नमिल्ने जवाफ दिए । त्यस्तै, न्याय परिषद् नियमावलीको संशोधन संवैधानिक हो वा होइन भनेर जवाफ दिएनन् ।

prakashman-sing-raut-(1)-1727866323.jpg
“न्याय परिषद् नियमावलीसम्बन्धी विवाद उच्च अदालतका न्यायाधीश नियुक्तिसँग मात्र सम्बन्धित छ । सर्वोच्चको नियुक्तिसम्बन्धी प्रश्न उठेको होइन,” राउतले भने, “सर्वोच्चको मुख्य रजिस्ट्रार वरीयतामा ११औँ नम्बरमा हुने र उच्च अदालतको न्यायाधीश १३औँ वरीयतामा हुने हुँदा नियमावली संशोधन गरिएको हो ।”

उनले त्यसको समाधान आफूले खोज्ने जवाफ दिएका थिए । “यसको वैधानिक समाधान निकाल्ने छु,” राउतले भने । 

सांसदहरूले राउतमाथि धेरै विषयमा प्रश्न उठाए पनि संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro