site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘सुगर ड्याडी’ भनेर चिनिने आशिष देउलालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश 

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ‘सुगर ड्याडी’ भनेर चिनिने बूढानीलकण्ठका आशिष देउलालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा बुधबार देउलासँगै अन्य तीनजनालाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । 

देउलाका साथीहरू उदयपुरको त्रियुगा नगरपालिका–१२ का २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका–२९ का २२ वर्षीय साजन गुरुङलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

सुरुआती जाहेरीमा देउला र तामाङ मात्रै प्रतिवादी थिए । त्यसकै आधारमा मुद्दा दायर भएको थियो । तर, अर्का युवकले तीनैजनालाई विपक्षी बनाएर दिएको जाहेरीपछि पूरक मुद्दा दायर भएको थियो । फरक–फरक जाहेरी र मुद्दा भएपछि कसुर गर्ने व्यक्ति एकै रहेको भन्दै अदालतले लगाउमा राखेर सुनुवाइ गरेको थियो । 

सामाजिक सञ्जालमा ‘सुगर ड्याडी’बाट परिचित देउलाको समूहले युवायुवतीलाई यातना दिएर आनन्द लिने गरेको अभियोग छ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro