site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनसेल फाउन्डेसनद्वारा निग्लिहवा, कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । एनसेल फाउन्डेसनद्वारा प्रदेशस्तरमा सञ्चालन भइरहेको सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । कम्पनीले सोमबार कपिलवस्तु नगरपालिका, वडा. नं. ९, निग्लिहवामा उक्त शिविर सञ्चालनमा ल्याएको हो । शिविरमा चार सयभन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवा लिएका थिए ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा स्थानीयले मुटु रोग तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट विशेषज्ञसँग परामर्शलगायत ईसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका स्थानीयलाई परामर्श अनुसार आवश्यक निःशुल्क औषधि पनि वितरण गरिएको थियो । 

एनसेल फाउन्डेसनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालिकामा यस किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । एनसेल फाउन्डेसनले कपिलवस्तुका अन्य दुई विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ ।

“नेपालका दुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै स्वस्थ नेपाल बनाउने हाम्रो उद्देश्यअनुरुप एनसेल फाउन्डेसनले यो स्वास्थ्य शिविर आयोजना गरेको हो । हामीले समुदायका मानिसका लागि फाइदा हुने काम गर्न सधैँ प्रतिबद्घ रहेका छौँ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन्, “हामीले सातै प्रदेशमा विभिन्न स्थानीय समुदायका मानिसलाई ध्यानमा राख्दै विभिन्न ग्रासरुटस्तरका सामाजिक विकासका कार्य गर्दै आएका छौँ । हाम्रा परियोजनाहरुले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौँ ।” 

एनसेल फाउन्डेसनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजना सञ्चालन गर्दै आएको छ । एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यक्रमका योजना बनाएको छ । एनसेलले हालसम्म शिक्षा, वातावरण र स्वास्थ्यलगायत विभिन्न क्षेत्रका सामाजिक परियोजनामा दुई अर्बभन्दा बढी योगदान गरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro