site stats
बाह्रखरी :: Baahrakhari
कला
‘रुकुम मैकोट’ एक महिनादेखि युट्युबको एक नम्बर ट्रेन्डिङमा

काठमाडौं । चलचित्र ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ एक महिनादेखि युट्युबको एक नम्बर ट्रेन्डिङमा छ । एक महिनाअगाडि रिलिज भएको चलचित्रको गीत अझै पनि एक नम्बर ट्रेन्डिङमा छ । 

एक महिनामा दुई करोड भ्युज पाएको यो गीतभन्दा पछाडि अन्य चलचित्रका गीत रिलिज भए पनि यसलाई पछि पार्दै एक नम्बरमा आउन सकेनन् । 

‘छक्का पञ्जा’, ‘१२ गाउँ’, ‘ज्वाइँ साब’का गीत रिलिज भए पनि ‘रुकुम मैकोट’लाई उछिन्न सकेनन् । 

‘रुकुम मैकोट’मा एसडी योगी र शान्तीश्री परियारको स्वर छ । सुरेन्द्र रानाको शब्दरचना रहेको गीतमा एसडी स्वयंको संगीत छ । 

गीतको भिडियोमा धिरज मगर र उपसना सिंह ठकुरीलगायत सिनेमाका कलाकारको अभिनय छ । 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्