site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परिषद्‌मा १३५ आईएनजीओ र ५७ हजार एनजीओ आबद्ध, वर्ष दिनमा खर्च गरे पौने ५७ अर्ब

काठमाडौं । नेपालमा सञ्चालित गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले एक वर्षमा ५६ अर्ब ८५ करोड ६ लाख ६५ हजार २०३ रुपैयाँ खर्च गरेका छन् । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको समाज कल्याण परिषद्का अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा नेपालमा सञ्चालित एनजीओ तथा आईएनजीओले उक्त खर्च गरेका हुन् । 

परिषद्को तथ्यांकअनुसार नेपालमा गत आर्थिक वर्ष आईएनजीओले २१ अर्ब ५८ करोड १८ लाख ५३ हजार ६०६ रुपैयाँ स्वीकृत गरेका थिए । यस्तै, सोही समयमा एनजीओले खर्च गर्नको लागि ३५ अर्ब २६ करोड ८८ लाख ११ हजार ५९७ रुपैयाँ स्वीकृत गरेका थिए । 

नेपालमा सञ्चालित एनजीओ तथा आईएनजीओले आफ्नो बजेट तथा कार्यक्रम समाज कल्याण परिषद्‌बाट स्वीकृत गराएपछि मात्र खर्च गर्न पाउँछन् । हाल परिषद्‌मा आईएनजीओ १३५ वटा र एनजीओ ५७ हजार वटा आबद्ध छन् । 

२०३४ असोज ६ गते ‘सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्’को रूपमा स्थापना भएको गैरसरकारी संघसंस्थाको नियमनकारी संस्था २०४९ सालमा ‘समाज कल्याण ऐन २०४९’ जारी भएपछि यसको नाम परिवर्तन भएर ‘समाज कल्याण परिषद्’ राखिएको थियो । 

परिषद् स्थापना भएपश्चात् एनजीओको संख्या द्रुतगतिमा वृद्धि हुँदै आएको छ । दर्ता भएका सबै एनजीओ सञ्चालनमा भने छैनन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro