प्रवास
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले भारी वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीलाई १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
संघका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सोमबार साँझ बसेको आकस्मिक बैठकले नेपालका बाढीपिडितका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
संघले पहिलो चरणमा १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र बाँकी ५ लाख हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१ ०६:२९
प्रतिक्रिया दिनुहोस्