site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २०४ पुग्यो, अझै ३३ जना बेपत्ता
नागढुंगा नजिकैको झ्याप्लेखोला । फाइल तस्बिर ।

काठमाडौं । गत बिहीबार रातिदेखि शनिबार दिउँसोसम्म परेको अविरल वर्षपछि आएको बाढी र पहिरोका घटनामा परी मृत्यु हुनेको संख्या २०४ पुगेको छ ।

सशस्त्र प्रहरी बलका अनुसार, हालसम्म कोसी प्रदेशमा २३, मधेस प्रदेशमा ३, काठमाडौं उपत्यकामा ८२, वाग्मती प्रदेशमा ९४ र लुम्बिनी प्रदेशमा दुई जनाको मृत्यु भएको छ । अझै ३३ जना बेपत्ता छन् ।

देशभर बाढी प्रभावित क्षेत्रबाट हालसम्म तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलले जारी गरेको विवरणमा उल्लेख छ । 

बाढी र पहिरोले १९ वटा पुलमा र एक हजार ७८३ घरमा क्षति गरेको छ । बाढी र पहिरोले तीनवटा बेलिब्रिज, पाँचवटा पक्की पुल, सातवटा झोलुंगे पुल र अन्य किसिमका चार पुलमा क्षति पुर्‍याएको हो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro