site stats
बाह्रखरी :: Baahrakhari
देश
काभ्रेको मंगलटार पहिरोमा फसेका १२२ जनाको उद्धार, काठमाडौं र धुलिखेल ल्याइयो

काठमाडौं । नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेको मंगलटार पहिरोमा फसेका १२२ जनालाई उद्धार गरी काठमाडौं तथा धुलिखेल ल्याइएको छ ।

“काभ्रेपलाञ्चोकको मंगलटार पहिरोमा परी घाइते भएका तथा पहिरोमा फसेका १२२ जना (विदेशी नागरिक तीन जनासहित) लाई हवाई उद्धार गरी धुलिखेल तथा काठमाडौं ल्याइएको छ,” नेपाली सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

Argakhachi Cement Island Ad

No description available.

काभ्रेपको पनौतीमा पहिरोमा परी घाइते भएका चार जनालाई पनि हवाई उद्धार गरी धुलिखेल ल्याइएको सेनाले जनाएको छ ।

यस्तै, सिन्धुपाल्चोकको चौरीदेउराली/दोलालघाटबाट पहिरोमा परी घाइते भएका तीन जनालाई हवाई उद्धार गरी धुलिखेल ल्याइएको छ ।

काभ्रेकै तेमाल गाउँपालिका–२ बाट पहिरोमा परी घाइते भएका आठ जनालाई हवाई उद्धार गरी धुलिखेल ल्याइएको सेनाले जनाएको छ ।

बिहीबारदेखिको वर्षका कारण ठूलो जनधनको क्षति भएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्