site stats
बाह्रखरी :: Baahrakhari
देश
उदयपुर, सप्तरी र सिरहामा मध्यमदेखि भारी वर्षा
Argakhachi Cement Island Ad

काठमाडौं । उदयपुर, सप्तरी र सिरहामा पछिल्लो तीन घण्टा मध्यमदेखि भारी वर्षा भएको छ । शुक्रबार बिहान ४ः१० बजे गरिएको मापन अनुसार उदयपुर, सप्तरी, सिरहाको सुन्दरपुर, बर्माजिया, कल्यानपुर, डोडाना, चुरिमाइ, मुर्कुची बजार वर्षामापन केन्द्र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्रहरू भइ बहने खादो खोला, बलण नदी, कोरिय नदी र अन्य स–साना खोलाहरूमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

"पछिल्लो तीन घण्टामा उदयपुर, सप्तरी, सिरहाको सुन्दरपुर, बर्माजिया, कल्यानपुर, डोडाना, चुरिमाइ, मुर्कुची बजार वर्षामापन केन्द्र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्रहरू भइ बहने खादो खोला, बलण नदी, कोरिय नदी र अन्य स–साना खोलाहरूमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुबानको जोखिम रहेकोले सतर्कता अपनाइराखौँ ।," विभागले भनेको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०४:४५
प्रतिक्रिया दिनुहोस्