site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सशक्त आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी 

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफूहरूले पाउनुपर्ने बक्यौता भुक्तानी नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले भुक्तानीको समस्या समाधान नगरिए तत्काल सशक्त आदोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको हो ।

विगत लामो समयदेखि राज्यले विभिन्न आयोजनाहरूका निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व करिब ४५ अर्ब रुपैयाँ रहेको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

ठूलो रकम भुक्तानी गर्न बाँकी रहेको अवस्थामा हाल बिनाबजेटका टेन्डर आह्वान गरिएबाट निर्माण उद्योगमा अझ प्रतिकूल अवस्था उत्पन्न भएको उनले बताए । अध्यक्ष सिंहले दुई आर्थिक वर्षयता पूर्ण भुक्तानी हुन नसकेको सुनाए ।

समयमा नै भुक्तानी नगरिँदा व्यवसायीले बैंक ऋण किस्ता र राज्यलाई बुझाउनुपर्ने कर रकम समेत बुझाउन नसकिएको र त्यसले धेरै कानुनी जटिलता उत्पन्न भएको महासंघले जनाएको छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro