site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यायाधीश पदपूर्तिमा न्यायपरिषद्, रोक्ने अभियानमा बार एसोसिएसन
फाइल तस्बिर ।

काठमाडौं । न्यायपरिषद् नियमावलीमा देखिएको विवादले न्यायपरिषद्–नेपाल बार एसोसिएसनमा संघर्षको अवस्था सृजना भएको छ । न्यायपरिषद् रिक्त रहेका न्यायाधीशको पदपूर्तिमा लागिरहेको छ भने बार एसोसिएसन जसरी पनि रोक्ने अभियानमा जुटेको छ । 

बारले नियमावली नसच्याइ नियुक्ति प्रक्रिया अघि नबढ्ने अडान राखेको छ भने परिषद्ले नियमावली सच्याउन अस्वीकार गरिरहेको छ । यही विवादमा सर्वोच्च अदालतका पाँच र उच्च अदालतका १६ न्यायाधीशको नियुक्ति प्रक्रिया अवरुद्ध छ । 

Dabur Nepal
NIC Asia

नेपाल बार एसोसिएसनले बिहीबार पनि दिउँसो १ः३० बजेदेखि परिषद्मा आन्दोलनको कार्यक्रम रहेको जनाएको छ । उसले नयाँ न्यायाधीश सिफारिस भइसकेपछि भइरहेको न्यायाधीश नियुक्तिको प्रयासलाई विरोध जनाउँदै जबरजस्ती नियुक्ति गरे प्रतिरोध गर्ने चेतावनी दिइसकेको छ । न्यायपरिषद् नियमावली संशोधन गरी सर्वोच्चको मुख्य रजिष्टार भएको व्यक्ति न्यायाधीश नियुक्त भएपछि उच्च अदालतको मुख्य न्यायाधीशपछिको वरीयता हुने व्यवस्था गरेसँगै बारले त्यसमा विरोध जनाउँदै आएको छ । 

अखिल नेपाल कानुन व्यवसायीको राष्ट्रिय सम्मेलनबाटै नियमावली संशोधन गराउने प्रस्ताव पारित गरेर आएको बारले त्यसबेला नै नसच्याए संघर्षको बाटो रोज्ने चेतावनी दिएको थियो । तर, न्यायपरिषद्ले नियमावली सच्याउनेतर्फ पहल अघि नबढाएपछि बारले न्याय परिषद् केन्द्रित आन्दोलन थालेको थियो । आन्दोलनकैबीचमा प्रधानन्यायाधीशले बार–बेन्च समन्वय समितिको बैठक राखेर कार्यदल बनाएपछि रोकिएको बार आन्दोलनमा प्रतिवेदन बुझाएपछि पुनः जारी भएको छ । 

कार्यदलमा सहमति नभएपछि बार र परिषद् तर्फबाट छुट्टाछुट्टै प्रतिवेदन बुझाएका थिए । त्यसपछि प्रधानन्यायाधीश समेत रहेका न्यायपरिषद् अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठले नियुक्तिको प्रक्रिया अघि बढाउने भन्दै परिषद्को बैठक डाकेका थिए ।

परिषद्को बैठकमा सदस्य रामप्रसाद भण्डारीले समेत बारले उठाएको विषय उठाइदिएपछि नियुक्ति प्रक्रिया अघि बढाउन खोजेका प्रधानन्यायाधीश अप्ठेरोमा परेको स्रोतले जानकारी दिएको छ । यसअघि नियमावली संशोधन संविधानविपरीत भएको भन्दै खारेजीको माग गर्दै  लगिएको रिट सर्वोच्चले खारेज गरिदिएको थियो ।

यसअघिको बार बैठकमा परिषद्का सदस्य कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले पाँचौँ वरीयतामा रहेकामा उच्च अदालतका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई अगाडि ल्याउने प्रस्ताव गरेको स्रोतको भनाइ छ । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकका नातेदार पाण्डेलाई अघि बढाउन अघिल्लो पटक सर्वोच्चको न्यायाधीश नियुक्तिका समयमा समेत दबाब आएको न्यायपरिषद् स्रोतले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro