site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
संकटाविरुद्ध वाग्मतीको जित

काठमाडौं । राष्ट्रिय महिला लिग–२०२४ मा सर्लाहीको वाग्मती युवा क्लबले संकटा क्लबविरुद्ध ३–१ को जित निकालेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा वाग्मतीलाई जित दिलाउन गिफ्टी अचेम्पोङले दुई र पुष्पाकुमारी खड्काले एक गोल गरिन् । संकटाकी तेम्लोपे जेनिफरले एक गोल फर्काए पनि टिमको हार टार्न सकिनन् ।

Dabur Nepal
NIC Asia

खेलको चारै गोल दोस्रो हाफमा भएको हो । ६७औँ मिनेटमा अचेम्पोङको गोलमा वाग्मतीले अग्रता बनाएको थियो । ७६औँ मिनेटमा अचेम्पोङले नै वाग्मतीको अग्रता दोब्बर बनाइन् । ८३औँ मिनेटमा जेनिफरले गोल फर्काउँदै संकटाको खेलमा फर्किने सम्भावना कायम राखेकी थिइन् । तर, इन्जुरी समयमा पुष्पाले गोल गरेपछि वाग्मतीले ३–१ को जित पक्का गरेको हो ।

यसअघि, आजै भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले स्याङजाको वालिङ क्लबविरुद्ध ८–० को फराकिलो जित निकालेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  २२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro