site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कार्यालय समयमा टीएमएस नचलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका कर्मचारीलाई कार्यालय समयमा टीएमएस नचलाउन निर्देशन दिएको छ । मन्त्रालयले मातहतका सबै निकायका निम्ति मंगलबार सूचना जारी गर्दै कार्यालय समयमा टीएमएस ट्रेड म्यानेज्मेन्ट सिष्टम (टीएमएस) प्रयोग नगर्न भनेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रअनुसार सो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । कार्यालय समयमा प्रयोग गरे नगरेकोबारे प्रविधिमार्फत् चेकजाँच गर्न पनि मन्त्रालयको आदेश छ । 

मन्त्रालयले फेसबुक, म्यासेन्जर, एक्स लगायतका सामाजिक सञ्जाल भने कार्यालय प्रयोजनका निम्ति प्रयोग गर्न भनेको छ । यस्ता सञ्जालमा शिष्ट भाषा प्रयोग गर्न र नागरिकको सूचनाको हक, गुनासो आदि शीघ्र सम्बोधन हुने व्यवस्था गर्न निर्देशन दिएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro