site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लेबनानमा इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु, १६ सयभन्दा बढी घाइते

काठमाडौं । लेबनानमा हिजबुल्लाहलक्षित इजरायली हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ ।

मृत्यु हुनेमा ३५ बालबालिका र ५८ महिला समेत रहेका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त आक्रमणमा १६ सय ४५ जना घाइते भएका छन् ।

इजरायली सेनाले हिजबुल्लाहका १३ सय स्थानमा आक्रमण गरिएको जनाएको छ ।

आक्रमणका कारण हजारौँ परिवार आफ्नो घर छाड्न बाध्य भएका छन् ।

इजरायली सेनाका अनुसार, हिजबुल्लाहले उत्तरी इजरायलमा २०० भन्दा बढी रकेट प्रहार गरेको छ । त्यसबाट दुईजना घाइते भएका छन् ।

इजरायल र लेबनानका हिजबुल्लाह लडाकुबीचको यो द्वन्द्वलाई ध्यानमा राख्दै धेरै देशले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । यो द्वन्द्व ठूलो युद्धमा परिणत हुन सक्ने भन्दै विश्वभरका नेता चिन्तित छन् । बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro