राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा पार्टी केन्द्रीय कार्यालयमा नाराबाजी भएको छ ।
प्रहरीले पक्राउ गर्ने तयारी गरेको खबर बाहिरिएपछि रास्वपाले काठमाडौंमा उपलब्ध नेताहरूको आकस्मिक बैठक बोलाएको थियो ।
रविलाई पक्राउ गर्न लागिएको खबरपछि रास्वपाका कार्यकर्ताहरू पार्टी कार्यालयमा उपस्थित भएका थिए । उनीहरूले रविको पक्षमा नाराबाजी गरेका हुन् ।
संसदीय छानबिन समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन सेयर सदस्यसमेत रहेका लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको थियो । अर्का सञ्चालक रहेका छविलाल जोशी आजै पक्राउ परिसकेका छन् ।
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१ २०:५६
प्रतिक्रिया दिनुहोस्