site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाउन सांसदहरूको माग
SkywellSkywell

काठमाडौं । अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागी हुने प्रतिनिधिको संख्या घटाउन सांसदहरूले माग गरेका छन् । आइतबार विकास, आर्थिक मामिला तथा सुशासनको समितिको बैठकमा सांसदहरूले ठूलो संख्यामा प्रतिनिधिहरू जाने तर उपलब्धि नहुने परिपाटिको अन्त्य गर्न माग गरेका हुन् ।

कोप–२८ मा समेत १०० जनाभन्दा धेरैको संख्यामा नेपालबाट प्रतिनिधि सहभागी भए पनि उल्लेख्य प्रगति हासिल हुन नसकेको सांसदहरूको भनाइ थियो । उनीहरूले ब्राजिलमा हुने कोप–२९ सम्मेलनमा नेपालबाट सहभागी हुने प्रतिनिधिको संख्या घटाएर उपलब्धिमूलक बनाउन सरकारसँग आग्रह गरे ।

बैठकमा राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले कोप सम्मेलनमा उपसचिव नै १८ जना जाने गरेको भन्दै संख्या घटाउन माग गरे । "कोप सम्मेलनमा धेरै ठूलो संख्या गएको देखिन्छ, प्रत्येक वर्ष । प्रत्येक वर्ष सयभन्दा बढी गएको देखिन्छ । उपसचिव नै १८ जना गएको छ । त्यहाँ मन्त्री, सचिवहरू जाने ठिक छ । सहसचिवहरू पनि जलवायु परिवर्तन महाशाखा भन्ने हुन्छ, महाशाखाको त प्रमुख गए हुन्छ, अरू सबै किन जानु, घुम्न जाने हो । ५० जना गए पुग्छ । एक्स्पर्ट पनि २२ जना लिएको छ । एक्स्पर्ट छानेर सात जना जति लिए पुग्छ," उनले भने ।

Dabur Nepal
NIC Asia

राष्ट्रियसभा सदस्य उर्मिला अर्यालले घुम्न गएको जस्तो गरी धेरै सरकारी कर्मचारीहरू जाने कुरालाई नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । उनले सरकार परिवर्तनसँगै महाशाखा र मन्त्रालयमा सो सम्बन्धित काम गर्ने सचिव/सहसचिवहरूको सरुवाले अन्तर्राष्ट्रिय फोरममा उत्कृष्ट प्रस्तुति दिन नसकिरहेको पनि बताइन् ।

"सरकार स्थायित्व हुँदैन । त्यसको असर कुनै युनिटमा बसेर काम गरिरहेका कर्मचारीहरूमा पर्छ । त्यसले हामीले अन्तर्राष्ट्रिय फोरममा राम्रो प्रस्तुति दिन सक्दैनौँ । सरकार परिवर्तन हुँदाहुँदै कर्मचारी पनि परिवर्तन हुन्छ, विद्वता पनि कमी हुन्छ । कार्बन व्यापारका लागि हामीले एजेन्डा मिल्ने मुलुकहरूसँग सहकार्य गरेर जानुपर्छ । त्यो बलियो बनाउनु पर्छ," उनले भनिन् ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. बुद्धिसागर पौडेलले कोप–२९ मा सहभागी हुनेहरूको संख्यामा गहनरूपमा सोच्नुपर्ने बताए । उनले भारतलगायत देशहरूको संख्या हेरेर नेपालले पनि आवश्यक व्यक्तिहरूलाई मात्रै लैजानुपर्ने बताए ।

उनका अनुसार, पार्टी, पर्यवेक्षक र मिडिया गरी तीन किसिमका व्यक्तिहरू सम्मेलनमा जाने गरेका छन् । यसमा सरकारले पुनर्संरचना गर्नुपर्ने उनको सुझाव छ । सम्मेलनका लागि मिडिया, एन्जीओ, विदेशीहरूले समेत सरकारी मनोनयन गरिदिन आग्रह गर्ने गरेको उनको गुनासो छ ।

"एउटा पार्टी, एउटा अब्जर्भर र अर्को मिडिया तीन किसिमका मान्छे हुन्छन् । पार्टी भनेको मनोनयननमा परेको, प्रधानमन्त्रीज्यूदेखि मन्त्रीज्यूहरू । अब्जर्भर भनेको यूएनका, इन्टरगभरमेन्टलमा जाने हुन्छ र अर्को एन्जीओहरू छन् । अर्को मिडियाको हुन्छ । मिडियाले पनि पार्टी बनाइदे भन्छ, विदेशीले पनि भन्छ, आईएन्जीओहरूले पनि पार्टी बनाइदे भन्छ । पार्टी भनेको सरकारी मनोनयन कसरी गर्ने ? यो अलि टाइम्ली भइदियो भने सहज हुन्थ्यो । पहिलादेखि नै नोमिनेसन चाहिने मान्छेको भए अलि सजिलो हुन्छ," उनले भने ।

बैठकमा सांसदहरूले जलवायु परिवर्तनबाट प्रभावित क्षेत्रका नागरिक र प्रतिनिधिहरूको प्रतिनिधित्व सम्मेलनमा अनिवार्य गराउन माग गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro