site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
पृथ्वीले दोस्रो चन्द्रमा पाउँदै, कति दिन रहन्छ कक्षमा ?

काठमाडौं । पृथ्वीले दोस्रो प्राकृतिक भूउपग्रहका रूपमा यो हप्ता एक स्याटेलाइटलाई आफ्नो कक्षमा पाउने भएको छ । २०२४पीटी५ नाम दिइएको यो एस्ट्रोइड वा क्षुद्र्रग्रह करिब दुई महिना पृथ्वीको सानो चन्द्रमाका रूपमा पृथ्वीको कक्षमा रहने भएको हो ।

करिब १० मिटर चौडाइको यो क्षुद्रग्रह सेप्टेम्बर २९ मा पृथ्वीको उपग्रह बन्ने देखिएको छ । यो क्षुद्रग्रह २०२४पीटी५ ले ५६.६ दिनमा एकपटक पृथ्वीको परिक्रमा गर्नेछ ।

त्यसपछि नोभेम्बर २५ मा पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रबाट बाहिरिनेछ । २०२४पीटी५ले ४५ लाख किलोमिटर टाढाबाट पृथ्वीको परिक्रमा गर्नेछ । त्यो पृथ्वी र चन्द्रमामाको तुलनामा १० गुणाभन्दा बढी टाढा हो । यसको गति तीन हजार ५४० किलोमिटर प्रतिघण्टा रहनेछ ।

Dabur Nepal
NIC Asia

गएको महिना मात्र पत्ता लागेको २०२४पीटी५ ‘अर्जुन एस्ट्रोइड बेल्ट’को क्षुद्रग्रह हो । पृथ्वीको कक्षमा एक फन्को लगाएपछि यो अर्जुन क्षुद्रग्रह बेल्टमै जाने बताइएको छ ।

कैयौँ सानाठूला अन्तरिक्ष चट्टान वा एस्ट्रोइड मिलेर बनेको अर्जुन क्षुद्रग्रह बेल्टले करिब १५ करोड किलोमिटर टाढाबाट सूर्यको परिक्रमा गर्छ । त्यो लगभग सूर्यबाट पृथ्वीको दूरीसमान हो ।

सन् २०२५ जनवरी ९ मा २०२४पीटी५ पृथ्वीबाट फेरि १८ लाख किलोमिटर टाढा देखिने र त्यसपछि आफ्नै बेल्टमा फर्कने बताइएको छ । सन् २०५५ नोभेम्बरमा फेरि फिर्ता आउने तर झनै टाढा करिब ५८ लाख किलोमिटर पर रहने अनुमान गरिएको छ ।

गएको अगस्त ७ मा एस्ट्रोइड टेरेस्ट्रियल–इम्प्याक्ट लास्ट अर्लट सिस्टमबाट २०२४पीटी५ पत्ता लागेको थियो । त्यसको अघिल्लो दिन यो पृथ्वीबाट निकै नजिक पाँच लाख ६७ हजार किलोमिटर टाढाबाट गएको थियो ।

त्यसपछि स्पेनको कम्प्लुटेन्स युनिभर्सिटी अफ मड्रिडका खगोलविद्ले २१ दिन लगाएर २०२४पीटी५ को डाटा विश्लेषण गरी पृथ्वीको परिक्रमा गर्ने कुरा पत्ता लगाएका हुन् ।

यसअघि, २०२४पीटी५ सन् २००३ फेब्रुअरी, १९८२ अप्रिल र १९६० मार्चमा पृथ्वीनजिक आएको ठानिएको छ । यसपछि सन् २०५५ नोभेम्बर र २०८४ जनवरीमा पनि पृथ्वीनजिक आउने अनुमान गरिएको छ ।

सूर्यको परिक्रमा गरिरहेका बेला गुरुत्वाकर्षण बलको असन्तुलनका कारण क्षुद्रग्रह पृथ्वीको गुरुत्वाकर्षण क्षेत्रभित्र आउने स्थिति बन्छ । यस्ता घटना पृथ्वीमा निकै दुर्लभ र दशकौँमा हुने गरेको बताइएको छ ।

२०२४पीटी५ निकै सानो र मधुरो भएका कारण धेरैजसो टेलिस्कोप र दूरबिनबाट देखिने छैन । प्रोफेसनल खगोलविद्सँगको टेलिस्कोपबाट भने यो सहजै देखिने बताइएको छ । व्यास ३० इन्चप्लस सीसीडी अथवा सीएमओएस डिटेक्टर टेलिस्कोपबाट यसलाई देख्न सकिनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro