site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालमा शक्तिराष्ट्रहरूको चलखेल बढ्यो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा शक्तिराष्ट्रहरूको चलखेल बढेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

हाल नयाँ शीतयुद्ध चलिरहेको र त्यसको केन्द्रविन्दु नेपाल बन्न सक्ने खतरा विज्ञले औँल्याएको उनले उल्लेख गरे । उनले हाल असामान्य ढंगको परिस्थिति सिर्जना भइरहेको टिप्पणी गरे । अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति सामान्य नरहेको उनले बताए ।

उनले हाल संसार तेस्रो विश्वयुद्धको संघारमा रहेको टिप्पणी गरे । राष्ट्रिय परिस्थितिमा पनि केही असाधारण कुरा भइरहेको उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय तनावको प्रभाव दक्षिण एसियामा पनि परेको उल्लेख गरे ।

कार्यक्रममा अध्यक्ष प्रचण्डको भनाइ पढ्नोस्–
यति बेलाको परिस्थिति, समग्र विश्व परिस्थिति पनि अहिले असाधारण, असामान्य ढंगले बढेको छ । चाहे रुस, युक्रेन युद्ध, ढाई वर्षदेखि चलिरहेको छ । त्यसको विश्वव्यापी असर छ । इजरायल र हमासबीच चलिरहेको लडाइँ वा इरान र इजरायलको बीचमा कति बेला विस्फोट हुन्छ थाहा छैन । अहिले संसार तेस्रो विश्वयुद्धको संघारमा छ । ढोकामै आइपुगेको छ भन्न पनि सुरु गरिएको छ । विश्व पहिलाको भन्दा पनि असुरक्षित भएको छ । अन्तर्राष्ट्रिय तनावको प्रभाव दक्षिण एसियामा पनि परेको छ, श्रीलंका, बंगलादेशको घटनालाई हेर्दा थाहा हुन्छ । नेपाललाई राम्रोसँग उपयोग गर्न जान्यो भने नेपालको निम्ति ठूलो अवसर छ । हामीले जानेनौँ र सकेनौँ भने निकै ठूलो दुर्घटनामा पनि जान सक्छ । नयाँ शीतयुद्ध चलिरहेको र यसको केन्द्रविन्दु नेपाल पो हुने हो कि भन्ने कतिपयले भनेका छन् । अहिले शक्तिराष्ट्रहरूको ध्यान र चलखेल नेपालमा अलि बढी नै छ । अन्तर्राष्ट्रिय परिस्थिति त्यस्तो छ । राष्ट्रिय परिस्थिति पनि सामान्य छैन । राष्ट्रिय परिस्थितिमा पनि केही असाधारण कुराहरू केही समययता भएका छन् । संसदीय प्रणालीमा पहिलो र दोस्रो ठूलो दलको सरकार प्रायः बनाउँदैनन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro