site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामाजिक सञ्जालले विज्ञापनका लागि प्रयोगकर्ताको डाटा तेस्रो पक्षलाई बेच्ने गरेको खुलासा
Tiktok banner adTiktok banner ad

काठमाडौं । सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको सम्पूर्ण डाटा संकलन गरेर तेस्रो पक्षलाई बिक्री गर्ने गरेको खुलेको छ । अमेरिकी संघीय व्यापार आयोग (एफटीसी)ले गरेको अध्ययन प्रतिवेदनले यो तथ्य सार्वजनिक गरेको हो ।

एप वा वेबसाइट चलाइरहँदा वा नचलाएकै अवस्थामा समेत विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन भिडियो कम्पनीहरूले ठूलो मात्रामा प्रयोगकर्ताको विभिन्न विवरण संकलन गर्ने गरेको पाइएको हो । यसमा फेसबुक, ह्वाट्सएप, युट्युब, डिस्कर्ड, रेडिट, अमेजोन, स्न्याप, टिकटक र एक्स (पूरानो ट्विटर) छन् ।

एफटीसीले सन् २०१९ को जनवरीदेखि सन् २०२० को डिसेम्बरसम्मको अवधिमा यी प्लेटफर्मले कसरी डाटा संकलन गर्छन् भनेर हेरेको थियो । बढीजसो प्लेटफर्मले आफ्ना प्रयोगकर्ता कसरी इंगेज भइरहेका छन्, कस्तो कन्टेन्ट र विज्ञापन हेरे भन्ने आधारमा डाटा संकलन गर्ने गरेको पाइएको हो ।

सामाजिक सञ्जाल कम्पनीले प्रयोगकर्ताको व्यापक डाटा संकलन गर्छन् भन्ने तथ्यलाई यसले थप प्रमाणित गरेको बताइएको छ ।

प्रयोगकर्ताको गोपनीयता, डाटाको संरक्षण र नियमनका लागि सामाजिक सञ्जाल कम्पनीले काम नगरेको बताउँदै आयोगले संघीय गोपनीयता सम्बन्धीको कानुनलाई पारित गर्न संसद्लाई आग्रह गरेको छ ।

आयोगले यी कम्पनीलाई प्रयोगकर्ताको डाटा संकलन र सेयरिङ रोक्न, लक्षित विज्ञापन रोक्न र किशोरकिशोरीको संरक्षणमा काम गर्न आग्रह गरेको छ ।

कम्पनीहरूले बसिरहेको स्थान, उमेर, लिंग, आम्दानीको अवस्था, वैवाहिक स्थितिलगायत डाटा संकलन गरी सोहीअनुसार विज्ञापन लक्षित गर्ने गरेको व्यापार आयोगको अध्ययन प्रतिवेदनले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro