site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ब्रागाविरुद्ध डर्टमन्डको रवाफ

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले क्लब ब्रागाविरुद्ध उसैको मैदानमा ३–० को जित निकालेको छ ।

बुधबार राति जान ब्रेडेल रंगशालामा भएको खेलमा पाहुना टिमलाई जित दिलाउन जेमी बाइनोइ–जिटेन्सले दुई र सेरहोउ गुइरासेले एक गोल थपे ।

Dabur Nepal
NIC Asia

खेलभर पोसेसनमा पनि ब्रागालाई दबाबमा राखेको डर्टमन्डले तीनवटै गोल दोस्रो हाफमा गरेको हो । ७६औँ मिनेटमा जिटेन्सले गोल गर्दै डर्टमन्डलाई अग्रतामा राखेका थिए । त्यसको १० मिनेटपछि उनैले डर्टमन्डको अग्रता दोब्बर बनाए । इन्जुरी समयमा गइरासेले गोल गरेपछि डर्टमन्डले ३–० को जित सुनिश्चित गरेको हो ।

जितसँगै पहिलो खेलबाटै तीन अंक जोडेको डर्टमन्ड तालिकाको चौथो स्थानमा उक्लिएको छ । पहिलो खेलमै हार व्यहोरेको ब्रागा भने तालिकाको ३२औँ स्थानमा छ ।

नयाँ संरचनाअनुसार सुरु भएको च्याम्पियन्स लिगको यस संस्करणमा ३६ टोली सहभागी छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro