site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आफू सरकारमा छँदा ठिक नहुँदा बेठिक भन्नु गलत : उपनेता कार्की

विराटनगर । नेपाली कांग्रेस कोसी संसदीय दलका उपनेता हिमाल कार्कीले स्थायी सरकार र स्थायित्वको लागि कांग्रेस–एमाले गठबन्धन भएको बताएका छन् ।

कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै कार्कीले सरकार फेरिरहने कुरा रोक्न र मुलुकलाई स्थायित्व दिन नयाँ गठबन्धन बनेको बताए । उनले भने, “नेपालमा कांग्रेस र कम्युनिष्ट मिलेर ठूला ठूला आन्दोलन भई परिवर्तन भएको छ । २०४६ होस् कि २०६२/०६३ त्यसकै परिणाम थियो ।” कार्कीले लोकतन्त्र र गणतन्त्रको सुन्दर पक्ष भनेकै जनअधिकार रक्षा रहेको भन्दै स्थायित्व अहिलेको आवश्यकता भएकोमा जोड दिए ।

माओवादी संसदीय दल कोसीले लगाएको ‘नयाँ गठबन्धन र सरकार माफिया र दलालहरूको संरक्षणका लागि भएको हो’ भन्ने आरोपको खण्डन गर्दै विकासलाई गति दिन नयाँ गठबन्धन भएको दाबी गरे ।

संविधान मान्दिनँ भन्ने राप्रपाले समेत सदनमा आएर आफ्ना कुरा राख्ने अवसर नयाँ व्यवस्थाअनुरुप नै प्राप्त भएको भन्दै ‘के पञ्चायती शासन व्यवस्थामा यो सम्भव थियो ?” भन्दै प्रश्न गरे । कार्कीले आफू सरकारमा छँदा सबै ठिक र बाहिँरिनासाथ सबै बेठिक भन्ने परिपाटी ठिक नभएको भन्दै माओवादीको टिप्पणी गरे ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro