site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री राणा र क्यानडाकी विदेशमन्त्री जोलीबीच भेटवार्ता हुने 
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा एक कार्यक्रममा सहभागी हुन क्यानडा पुगेकी छन् । क्यानडाका विदेशमन्त्री मेलानी जोलीको मैत्रीपूर्ण निमन्त्रणामा स्थानीय समयअनुसार उनी मंगलबार क्यानडा पुगेकी हुन् ।

क्यानडाको टोरन्टोमा बिहीबार र शुक्रबार आयोजना हुने महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुन राणा क्यानडा गएकी हुन् । 

परराष्ट्रमन्त्री राणालाई मोन्ट्रियल ट्रुडो अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले स्वागत गरेका थिए ।

क्यानडास्थित नेपाली दूतावासका अनुसार परराष्ट्रमन्त्री राणा र क्यानडाका विदेशमन्त्री जोलीबीच आज (बुधबार) ओटावामा द्विपक्षीय भेटवार्ता हुनेछ ।

परराष्ट्रमन्त्री राणाले पार्लियामेन्ट हिलमा क्यानडा–नेपाल संसदीयमैत्री समूहसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

असोज ३ गते ओटावास्थित नेपाली दूतावासले राष्ट्रिय दिवस (संविधान दिवस) को अवसरमा आयोजना गर्ने कार्यक्रममा पनि परराष्ट्रमन्त्री राणा सहभागी हुनेछिन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro