site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दश वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको दश वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन् । बुधबार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औँ गणेशमान सिंह स्मृति दिवसमा उनले यस्तो बताएका हुन् । 

उनले मान्छेलाई रोग लाग्न नदिने कुरामा बढी जोड दिनुपर्ने बताए । मन्त्री पौडेलले अहिले कोही बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिएजस्तो देखिएको उनको टिप्पणी छ । 

उनले उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको र चासो पनि बढेको बताए । उनले निरोधात्मक पद्धतिमा कसैले पनि चासो नदेखाएको आरोप लगाए । 

अहिले कै अवस्था रहिरहे नेपालमा अबको २० वर्षभित्र ५० वर्षभन्दा माथिको संख्या बढी हुने उनको दाबी छ । खाद्य स्वास्थ्यको मुख्य विषय भए पनि स्वास्थ्यसँग जोड्न नसकिएको बताए । 

मन्त्री पौडेलले अस्पतालहरूले स्वास्थ्य चेतना विस्तार गर्न आवश्यक रहेकोमा जोड दिए । उनले देशमा कुनै पनि कुरामा अनुसन्धान नहुने भन्दै भइरहेका अध्ययन संस्थानमा पनि अनुसन्धान नहुने गरेको बताए । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro