site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीका तीन दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने 

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राप्रपा र नेकपा एकीकृत समाजवादीले विश्वासको मत नदिने भएका छन् ।‌ कार्कीले प्रदेशसभामा आज विश्वासको मत लिँदै छन् ।
 
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोसी प्रदेशमा गएको साउन ११ गते माओवादी सरकारबाट बाहिरिएको थियो ।

Dabur Nepal
NIC Asia

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने राप्रपा संसदीय दलले निर्णय गरेको छ ।‌ यस्तै समाजवादीले पनि मत नदिने बताइएको छ ।‌ माओवादी केन्द्रले यसअघि नै मत नदिने निर्णय गरिसकेको छ ।

कोसी प्रदेशसभामा विपक्षमा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । 

सत्तापक्षमा एमालेका ४० सांसद र कांग्रेसका २९ सांसद छन् । कार्की गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले पहिलो पटक गत वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro