site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ईसेवाको चाडपर्वलक्षित योजना : कारोबार गर्दा कार जित्न मौका

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले दसैँ–तिहार र छठ पर्वलाई लक्षित गरेर ‘ईसेवा महाउत्सव : ईसेवाको कारोबारमा नामीको दामी कार’ योजना ल्याएको छ ।

योजना असोज १ देखि कार्तिक ३० गतेसम्म ईसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरूमध्ये एकले नामी इलेक्ट्रिक कार जित्न सक्ने छन् ।

अफरमा योग्य हुन आफ्नो आवश्यकताअनुरूप ईसेवाका जुनसुकै सेवाको प्रयोग वा ईसेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिने कम्पनीले जनाएको छ ।

साथै, एक सयको खेलमा हरेक महिना एक प्रयोगकर्ताले आइफोन १६ पनि जित्न सक्ने कम्पनीले जनाएको छ । यसमा प्रयोग भएको एक सय रुपैयाँ प्रयोगकर्ताको मोबाइल रिचार्जको रूपमा फिर्ता नै पाउन सक्ने कम्पनीको भनाइ छ ।

दैनिक अफरअन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयका लागि फ्ल्यास सेलको रूपमा अफर आउने कम्पनीले जनाएको छ । उक्त सेलमा प्रयोगकर्ताहरूले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन् ।

साप्ताहिकरूपमा आउने अफरमा भने हरेक हप्ताको मंगलबार ईसेवाका विभिन्न सेवाहरू; मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, ईस्पिकर खरिद, बिमा भुक्तानीलगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सक्नेछन् ।

यी अफरहरूबारे थप जानकारीहरू ईसेवाको फेसबुक, इन्स्टाग्राम पेजलगायत आधिकारिक सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro