site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहकारी छानबिन समितिको प्रतिवेदनमा हस्ताक्षरमा ढिलाइ
फाइल तस्बिर ।

काठमाडौं । सहरकारी ठगी छानबिन समितिको प्रतिवेदनमा सदस्यहरूले हस्ताक्षर गर्न ढिलाइ भएको छ ।

“हिजोदेखि राति ३ बजेसम्म बसेर समितिका तर्फबाट प्रतिवेदनमा राख्ने विषयमा समझदारी निर्माण गरिएको हो । तर, अहिले भाषासहितका विषय देखाएर ढिला भइरहेको छ,” समितिका एक सदस्यले बाह्रखरीसित भने, “सम्भवतः शिशिरजी (सांसद शिशिर खनाल)लाई यहाँ गरेका सहमतिमा पार्टी सभापति (रवि लामिछाने)को सहयोग नमिलेको जस्तो बुझिएको छ ।”

समिति सदस्य शिशिर खनालले प्रतिवेदनमा हस्ताक्षर गर्ने निर्णय हुन बाँकी रहेको बताए । “टेक्ट आइसकेको छैन, हेरेर हस्ताक्षर गर्छौँ,” उनले भने, “रवि लामिछानेले सहकारीबाट पैसा लिएको देखिँदैन । उहाँको प्रत्यक्ष संलग्नतामा पैसा प्रवाह भएको छैन ।”

तथ्यमा टेकेर जानुपर्ने भन्दै उनले भाषा हरेर मात्र हस्ताक्षर गर्ने बताए । “रकम आइसकेपछिको उत्तरदायित्व कस्तो हो भन्ने छलफलको विषय हो,” खनालले भने ।

समितिका संयोजकसहित सबै सदस्यको हस्ताक्षरपछि प्रतिवेदन आजको प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी छ । संसद् बैठक सुरु भइसकेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro