देश
काठमाडौं । देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन ताप्लेजुङ, सोलुखुम्बु, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, म्याग्दी, रुकुम पश्चिम र जाजरकोट भई बहने केही साना नदीमा बहाव बढ्ने पूर्वानुमान छ ।
अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने र सामान्य घटबढ हुने महाशाखाको पूर्वानुमान छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१ ०९:२६
प्रतिक्रिया दिनुहोस्