site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोउवासंघ निर्वाचन : सदस्यमा पोखरेल प्यानलका ८ जना विजयी, अब पदाधिकारीको मतगणना हुने
अध्यक्षका उमेदवार अर्जुन पोखरेल ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । पोखरा उद्योग वाणिज्य संघ (पोउवासंघ)को नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनको सदस्यतर्फको मत परिणाम आएको छ ।

नेतृत्वमा अर्जुन पोखरेल र गोकर्ण कार्की प्रतिष्पर्धामा छन् । पोखरेल प्यानल नै लिएर चुनावमा होमिएका थिए । कार्कीले अध्यक्षमा मात्र उमेदवारी दिएका हुन् ।

मतदानमा सदस्यतर्फ दुई हजार ६५ मत खसेको थियो । १० जना सदस्य निर्वाचित हुने भए पनि १४ जना उमेदवार मैदानमा थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आइतबार सदस्यतर्फको मतगणना सकिँदा पोखरेल प्यानलका आठजना सदस्य निर्वाचित भएका छन् । पोखरेल प्यानलबाट सदस्यमा लेखनाथ सुवेदी, भीम गौतम, जीवनप्रकाश श्रेष्ठ, प्रेमप्रसाद सुवेदी, सौगात थापा, देवेन्द्र प्रजु सदस्यका उमेदवारी दिएका थिए । त्यस्तै, टीकाराम सुवेदी (माधव), ललितबहादुर कुँवर, दुधमान (आशिष) गुरुङ र यादव पोखरेल पोखरेल समूहबाट सदस्यमा उमेदवारी दिएका थिए ।

यीमध्ये पोखरेल समूहबाट जीवनप्रकाश श्रेष्ठ, ललितबहादुर कुँवर, सौगात थापा, टीकाराम सुवेदी, देवेन्द्र प्रजु, दुधमान गुरुङ, भीम गौतम र यादव पोखरेल विजयी बनेका छन् ।

Royal Enfield Island Ad

स्वतन्त्र उमेदवारी दिएकामध्ये प्रदीपराज भण्डारी र रामचन्द्र तिमिल्सिना विजयी बने । सदस्यतर्फ कुवँरले सर्वाधिक एकहजार ५८६ मत ल्याए ।

यस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्वाचित भइसकेका छन् ।

अब अध्यक्षमा दुईजना र उपमहासचिवमा दुई जनाको प्रतिष्पर्धा रहेको छ । अध्यक्षमा पोखरेल र कार्कीबीच प्रतिष्पर्धा हुँदा उपमहासचिवमा बालकृष्ण कोइराला र सुदीपमान प्रधानांगबीच प्रतिष्पर्धा हुँदै छ । कोइरालाले पोखरेल प्यानलबाट उमेदवारी दिएका हुन् ।

अब पदाधिकारीको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

कुल दुईहजार ९०७ मतदातामध्ये दुईहजार २५१ मत खसेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro