site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बिजुली लैजान बंगलादेशले सम्झौता अघि बढाउँछ : राजदूत चौधरी

काठमाडौँ । बंगलादेशले नेपालबाट लैजाने भनिएको ४० मेगावाट विद्युत्का निम्ति सम्झौताको कार्य अघि बढाउने नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीले बताएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँगको भेटमा आइतबार चौधरीले बिजुली लैजान प्रक्रिया टुंग्याउनेतर्फ उन्मुख रहेको बताएका हुन् ।

सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका विविध विषयमा छलफल गरिएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको उल्लेख गरे । दुई देशबीचको सहकार्यलाई अझ गहिरो बनाउन भेटले सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

६८० मेगावाटको सुनकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणका निम्ति नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरको प्रक्रिया अगाडि बढाइएकामा दूतावासबाट आवश्यक पहल हुने पनि उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro