देश
काठमाडौं । सिन्धुलीमा कमला नदीको जलसतह शनिबार दिउँसो सतर्कता तहनजिक पुगेको छ । रानीबास जलमापन केन्द्रमा जलसतह सतर्कता तहनजिक रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।
नदीमा पानीको बहाव बढ्दो क्रममा छ । नदीतटीय क्षेत्रमा आज साँझसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“भदौ २९, दिउँसो १ः५० बजे । सिन्धुली जिल्लास्थित कमला नदी रानीबास जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहनजिक रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदीतटीय क्षेत्र दुधौली, मैनी, बेल्सोत र अन्य डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले साँझसम्मै सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१ १४:३९
प्रतिक्रिया दिनुहोस्